Logo

पारस खड्का बने महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर



Spread the love

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् ।

महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक विक्रेता अग्नि ग्रुपले उनलाई एक कार्यक्रममा ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

पारस ब्राण्ड एम्बेस्डर बने वापत एक्सयूभी ३०० गाडी पाएका छन् । यस भन्दा अघि उनी अग्नि ग्रुपकै मोटरसाइकलको ब्राण्ड प्रवद्र्धक पनि रहेको बताएका छन् ।

पारस र अग्नि ग्रुपको सम्बन्ध सन् २००७ देखि थियो । उनले पाएको गाडीको मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ । व्यापारी सुरज वैद्यले पारसलाई टोयोटा गाडी दिने घोषणा गरे पनि पारसले अझैसम्म पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्