Logo

मेस्सी र रोनाल्डोलाई इन्टर मियामीमा अनुबन्ध गर्न पाए ठुलो अवसर हुनेछ– बेकह्याम



Spread the love


एजेन्सी । म्यानचेस्टर यूनाइटेड र इङ्ल्यान्डका पूर्व खेलाडी डेविड बेकह्यामले सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई इन्टर मियामीमा अनुबन्ध गर्न पाए ठुलो अवसर हुने बताएका छन् ।

मेस्सी र रोनाल्डो दुबै अमेरिका गएर खेल्न सक्ने सम्भावना अनुमान धेरैले गरेका छन् । इन्टर मियामी क्लबमा बेकह्यामको पनि सेयर रहेको छ ।

जिम्मी फेलोनको द टुनाइट सोमा बोल्दै बेकह्यामले भने,“मियामीमा हामीले ठुलो अवसर पाएका छौँ । हामीसँग धेरै खेलाडीहरुको सम्पर्क छ ती खेलाडीहरु टिममा अनुबन्ध हुन सक्छन् । जुनसुकै क्लबले पनि उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्न चाहन्छन् । मेस्सी र रोनाल्डो दुबै अहिलेका उत्कृष्ट खेलाडी हुन् । हामीले मेस्सी र रोनाल्डोजस्ता उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्न पाए निकै राम्रो हुन्थ्यो । ”

“अहिलेको अवस्थामा हामीसँग युवा खेलाडीहरु छन् । केही अनुभव समेटेका खेलाडीहरु पनि छन् । मैले म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक अलेक्स फग्र्युसनबाट जुन खेलाडी क्लबमा फिट हुन्छ सो खेलाडी अनुबन्ध गर्नुपर्छ भन्ने कुरा सिकेको थिएँ । मेस्सी र रोनाल्डोलाई इन्टर मियामीमा अनुबन्ध गर्न पाए ठुलो अवसर हुनेछ ”, बेकह्यामले थपे ।

इन्टर मियामीमा म्यानचेस्टर सिटीका डेविड सिल्भा, पीएसजीका इडिसन काभानी र रियल मड्रिडका लुका मोड्रिक अनुबन्ध हुन सक्ने चर्चा पनि चलेको छ ।

प्रतिक्रिया दिनुहोस्