Logo

म्यानचेस्टर युनाइटेडको गोल वर्षा



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको यूरोपा लिग फुटबलको अन्तिम–३२ को दोस्रो लेगमा म्यान्चेस्टर युनाइटेडले बेल्जियमको क्लब ब्रुगलाई पराजित गरेको छ । युनाइटेडले ब्रुगलाई ५–० को गोल अन्तरले पराजित गरेको हो ।


युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ब्रुनोले गोल गरेसँगै युनाइटेडका लागि २ गोल गरिसकेका छन् । यसैगरी ओडियन इग्लुले युनाइटेडको लागि पहिलो गोल गरे । स्कट म्याकटोमीले १ गोल गरे भने फ्रेडले २ गोल गरे ।


पाहुना टोली ब्रुगले खाता पनि खोल्न सकेन । पहिलो लेगमा युनाइटेड ब्रुगसँग बराबरी खेलेको थियो । खेलमा जित निकालेसँगै युनाइटेड यूरोपा लिगको अन्तिम–१६ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्