Logo

इन्टर मिलान जितसँगै अन्तिम–१६ मा



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको यूरोपा लिग फुटबलको अन्तिम–३२ को दोस्रो लेगमा इन्टर मिलानले लुडोगोरेट्सलाई पराजित गरेको छ । मिलानले लुडोगोरेट्सलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको घरेलु मैदानामा भएको खेलमा पाहुना टोलीका काउली ओलिभियरा सुजाले खेलको २६ औँ मिनेटमा गोल गर्दै लुडोगोरेट्सलाई अग्रता दिलाएका थिए । क्रिस्टियन बिराघीले खेलको ३१ औँ मिनेटमा गोल फर्काइ खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गरी इन्टर मिलानलाई जिताए ।

खेलमा जित निकालेसँगै इन्टर मिलान यूरोपा लिगको अन्तिम–१६ मा पुगेको छ । पहिलो लेगको खेलमा लुडोगोरेट्स इन्टर मिलानद्धारा २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्