Logo

नर्विच सिटीद्धारा लेस्टर पराजित



Spread the love


एजेन्सी । नर्विच सिटीले शीर्ष तीन स्थानमा रहेको लेस्टर सिटीलाई पराजित गरेको छ । गए राति सम्पन्न भएको प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा नर्विच सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।

नर्विच सिटीको घरेलु मैदानमा भएको खेलमा नर्विचको जितको लागि जमल लेविसले खेलको ७० औँ मिनेटमा गोल गरे ।

पाहुना टोली लेस्टरले खाता पनि खोल्न सकेन । जित निकालेसँगै तालिकाको पुछारमा रहेको नर्विच सिटीले ३ अंक जोड्दै २१ अंक बनाएको छ । हार व्यहोरेको लेस्टर र चेल्सीबीचको दुरी भने ६ अंकले छोटिएको छ ।

प्रतिक्रिया दिनुहोस्