Logo

सन्दीप लामिछानेको कीर्तिमानी विकेट



Spread the love


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट बनाइ कीर्तिमान बनाएका हुन् ।

टी– ट्वान्टीमा १०० विकेट लिने उनी नेपालका पहिलो खेलाडी हुन् । थाइल्यान्डमा जारी एसीसी इस्टर्न पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध २ विकेट लिई सन्दीपले १०० विकेट पुर्याएका हुन् ।

सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिंदा नेपालबाट भने उनले ३१ विकेट लिएका छन् ।

सन् २०१८ मा आइपीएलबाट लिगमा डेब्यू गरेका लामिछानेले त्यसपछि क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास लिग, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग जस्ता प्रतिस्ठित लिग खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्