Logo

खराब ब्याटिङसँगै नेपालको लगातार दोस्रो हार, अघिल्लो चरणको यात्रा झन् कठिन



Spread the love

काठमाडौँ। एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ ।

हङकङले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १११ रन बनायो । ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४ दशमलब ४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले पराजित हुन पुगेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे । नेपालका लागि ओपनरमा आएका कुशल मल्लले १९ रन बनाउँदा अविनाश बोहोराले १२ रनको योगदान गरे ।

बलिङतर्फ हङकङका लागि मोहमद अर्सदले सर्वाधिक चार विकेट लिए । त्यस्तै अफताब हुसेनले तीन विकेट लिए ।

त्यसअघि थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्