Logo

कारबाओ कपको उपाधि म्यान्चेस्टर सिटीलाई



Spread the love


एजेन्सी । कारबाओ कपको उपाधि म्यानचेस्टर सिटीले उचालेको छ ।
गए राति सम्पन्न भएको कारबाओ कपको फाइनलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले कारबाओ कपको उपाधि उचालेको हो ।

एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा सिटीका सर्जिओ अग्युइरोले खेलको २० औँ मिनेटमा गोल गरी पाहुना टोलीलाई अग्रता दिलाएका थिए । अग्युइरोले गोल गरेको दश मिनेटपछि रोद्रीले गोल गरी सिटीलाई दोब्बर अग्रता दिलाएका छन् । खेलको ४१ औँ मिनेटमा समट्टाले सिटीविरुद्ध एक गोल फर्काए ।


सिटीले यो सिजन गरी लगातार तीन सिजन कारबाओ कपको उपाधि जितेको छ । पेप ग्वार्डिओला आएपछि सिटीले इङ्ल्याण्डका घरेलु कपमा राज गरिरहेको छ । पेपको प्रशिक्षकमा सिटीले ३ कारबाओ कप, १ एफए कप, २ प्रिमियर लिग र २ कम्युनिटी सिल्ड हात पारेको छ ।


प्रिमियर लिगमा लिभरपुल सिटीभन्दा २२ अंकले अगाडि रहेको छ । सिटीको हातबाट प्रिमियर लिग फुस्केपनि च्याम्पियन्स लिग आफ्नो बनाउन लागि पर्ने देखिन्छ । च्याम्पियन्स लिगको पहिलो लेगमा मड्रिडलाई हराएको सिटीको हौसला झन् झन् बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्