Logo

आईसीसी वरियता: नेपाली महिला क्रिकेट यथास्थानमा



Spread the love

२० फागुन, काठमाडाैँ – अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।

नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अङ्क प्राप्त गरेको छ । महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी इंग्ल्यान्ड तेस्रो, भारत चौँथो तथा वेष्टइण्डिज पाँचौ स्थानमा छ । नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) पछि कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्