Logo

अन्तरराष्ट्रिय चलचित्र महोत्सव स्थगित



Spread the love


काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले आठौँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्ति निकाल्दै फाल्गुन २१ देखि सुरु हुने भनिएको नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महात्सव स्थगित भएको बताएको थियो ।

विज्ञप्तिमा नेपाल सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनै सभा, सम्मेलन तथा महोत्सव नगर्न आग्रह गरेको र उक्त आग्रहलाई सम्मान गर्दै नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव स्थगित गरिएको जनाइएको छ ।

विगतमा मानवअधिकारका विषमा बनेका चलचित्रहरु प्रदर्शन हुँदै आइरहेका थिए । यो साल पनि ३२ देशका ८४ चलचित्रहरु महोत्सवको लागि छनोट भएका थिए । महोत्सवमा १७ देशका २२ चलचित्र निर्माताहरु सहभागी हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्