Logo

हंशपुरको मेयरमा राजपाका रामज्ञान विजयी



Spread the love

धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका रामज्ञान मण्डल मेयरमा विजयी भएका छन् । मण्डलले ३ हजार ३२० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए ।

उपप्रमुखमा पनि राजपाकै रेणु देवी झा विजयी भएकी छिन् । झालाई पछ्याएकी काँग्रेसकी उम्मेदवार रामकुमारी कामतले ३०२७ मत प्राप्त गरेकी छिन् ।

मेयरमा निर्वाचित रामज्ञान मण्डल (दायाँ)

यो नै राष्ट्रिय जनता पार्टी नेपालको पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्