Logo

एफ ए कपबाट बाहिरियो लिभरपुल



Spread the love


एजेन्सी । एफ ए कपबाट लिभरपुल बाहिरिएको छ ।
गए राति सम्पन्न भएको एफ ए कपको पाचौँ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० ले हराएको छ । लिभरपुललाई हराउँदै चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा पुगेको छ ।


चेल्सीको घरेलु मैदान स्ट्यामफोर्डमा भएको खेलमा विलियनले खेलको १३ औँ मिनेटमा गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चेल्सीका रोज बार्कलीले खेलको ६४ औँ मिनेटमा गोल गरी लिभरपुललाई २–० जिताए ।


यो सिजन निकै बलियो मानिएको लिभरपुलको यो दोस्रो लज्जास्पद हार हो । यसभन्दा अगि प्रिमियर लिगमा लिभरपुल वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्