Logo

थाइल्याण्डमाथि नेपालको जित



Spread the love


काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा थाइल्याण्डमाथि जित निकालेको छ ।

बैंककमा भएको एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी प्रतियोगितामा आयोजक थाइल्याण्डलाई नेपालले ९ विकेटले पराजित गरेको हो ।
थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा नै एउटा विकेट गुमाएर हासिल गर्यो ।

नेपालको जितको लागि ओपनर कुशल मल्लले ३६ रन बनाए । यसै गरी पवन सर्राफले २७ रन जोडे । पूर्व कप्तान पारस खड्का ९ रन बनाइ आउट भए ।

थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अल आउट भइ ६६ रनमात्र जोड्न सफल भएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले १३ रन जोडे । यसै गरी नाभिद पठानले ८ रन जोडे भने जिउल हकले ५ रन ।

नेपालका लागि करण केसीले ३ विकेट, अविनाश बोहराले २ विकेट र भुवन कार्की अनि सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

यसभन्दा अघि नेपाल पहिलो खेलमा नै मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित । थाइल्यान्डले लगातार चौथो पटक हार व्यहोरेको छ । खेलमा जित निकालेसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ । अब हङकङले सिंगापुरलाई हराएमा नेपाल अगाडि बढ्न सक्ने सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्