Logo

कोरोनाको कारणले राष्ट्रिय साहित्य सम्मेलन स्थगित



Spread the love


काठमाडौं । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यहीं फाल्गुण २४ देखि सुरु हुन लागेको दुई दिने राष्ट्रिय साहित्यिक सम्मेलन स्थगित गरेको छ ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले सभा, गोष्ठी, मेला आदि नगर्न सरकारले दिएको आदेशपछि प्रतिष्ठानले विज्ञप्ति निकाली साहित्य सम्मेलन स्थगित भएको जानकारी दिएको थियो ।

भाषा, साहित्य र संस्कृतिको उत्थान गर्ने हेतुले आयोजना हुन लागेको साहित्य महोत्सवको तयारी सकिए पनि कार्यक्रम स्थागित गरिएको प्रतिष्ठानले बताएको छ । कोरोनाको डरलाग्दो प्रकोपले विश्वभर सन्त्रास फैलाइरहेको र यस्तो बेलामा सम्मेलन गर्नु ठिक नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्