Logo

एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरियो नेपाल



Spread the love

काठमाडौं। थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार सिंगापुरले हङकङलाई १६ रनले हराएपछि नेपाल एक खेल अगावै एसिया कप छनोट यात्राबाट बाहिरिएको हो ।

पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफमा हङकङले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो । नेपालले अब अन्तिम खेलमा सिंगापुरलाई हराएपनि शीर्ष दुईमा पुग्ने छैन । अब हङकङ र मलेसियाबीच हुने खेलको विजेता शीर्ष दुईमा पुग्नेछ।

लगातार चारै खेल हारिसकको घरेलु टोली थाइल्याण्ड अंकविहिन हुँदै प्रतियोगिता टुङ्ग्याइसकेको छ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल सुरुवाती दुई हारपछि नै शीर्ष दुईको होडबाट टाढिएको थियो ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । बुधबार नेपालले थाईल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्