Logo

म्यानचेस्टर सिटी एफ ए कपको क्वार्टरफाइनलमा



Spread the love


एजेन्सी । म्यानचेस्टर सिटी एफ ए कपको क्वार्टरफाइनलमा पुगेको छ ।
गए राति सम्पन्न भएको एफ ए कप फुटबलको पाचौँ चरणको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडडेलाई १–० ले पराजित गरी क्वार्टर फाइनलमा पुगेको हो ।

सेफिल्ड युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटीका सर्जिओ अग्युइरोले खेलको ५३ औँ मिनेटमा विजयी गोल गरे ।

सिटीले पहिलो हाफमा राम्रो प्रदर्शन देखाउन सकेन । सिटी साविक विजेता पनि हो । यो सिजनमा अग्युइरोले २३ गोल गरिसकेका छन् । अग्युइरोले युनाइटेडका डेनिस लको रेकर्ड तोड्न सक्ने देखिन्छ ।

सेमिफाइनलको लागि अब सिटीले न्युक्यासल युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । यसै गरी टोटेनहाम र लेस्टर सिटी पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्