Logo

ब्याटम्यानको फस्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । हलिउडको चलचित्र ब्याटम्यानको फस्ट लुक सार्वजनिक भएको छ । निर्देशक म्याट रीभ्सले ट्विट गर्दै ब्याटम्यानको फस्ट लुक सार्वजनिक गरेका छन् ।

फस्ट लुकमा ब्याटमोबाइलको छेउमा ब्याटम्यान उभिएको देख्न सकिन्छ । ब्याटमोबाइलको डिजाइन सुरु देखि नै चलचित्रमा गजबको देखाइएको छ तर म्याट रीभ्सको ब्याटम्यानमा देखाइएको ब्याटमोबाइल अझ पृथक देख्न सकिन्छ । ब्याटमोबाइल हेर्दा म्याड म्याक्स चलचित्रको झल्को दिन्छ ।

ब्याटम्यान चलचित्रमा रोबर्ट प्याटिन्सनले ब्याटम्यानको रुपमा अभिनय गरेका छन् । उनीभन्दा अघि बेन एफ्लेक्सलाई उक्त रोल दिइएको थियो तर बेनले अभिनय गर्न नसकेपछि रोबर्ट प्याटिन्सन ब्याटम्यानको रुपमा देखिएका हुन् । चलचित्र सन् २०२१ को जुन २५ मा प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्