Logo

बार्सिलोना तथा ब्राजिलका लिजेन्ड रोनाल्डिन्हो पक्राउ



Spread the love


एजेन्सी । स्पेनिश क्लब बार्सिलोना तथा ब्राजिलका लिजेन्ड रोनाल्डिन्हो पक्राउ परेका छन् ।
रोनाल्डिन्हो र उनका दाइ नक्कली पासपोर्ट बनाइ पाराग्वेमा छिरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

रोनाल्डिन्हो र उनका दाइ पाराग्वेको राजधानीदेखि १५ किलोमिटर टाढा रहेको रिसोर्टमा नक्कली पासपोर्टसहित भेटिएका थिए ।

पासपोर्टको बारेमा सोधपुछ गर्दा उनीहरुले पाराग्वेको नागरिक भएको दाबी गरेका थिए । रोनाल्डिन्होले च्यारिटी सो र आफ्नो किताब प्रस्तुत गर्न आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्