Logo

नो टाइम टु डाइको प्रदर्शन मिति सर्यो



Spread the love


एजेन्सी । ड्यानियल क्रेग अभिनित जेम्स बोम्ड सिरिजको चलचित्र नो टाइम टु डाइको प्रदर्शन मिति सरेको छ ।

नो टाइम टु डाइ अप्रिलमा प्रदर्शन हुने भनिएको थियो तर कोरोना भाइरसको कारणले चलचित्र ८ महिनापछि धकलिएको छ । अब चलचित्र नोभेम्बर १२ मा प्रदर्शनमा आउनेछ । तर बेलायतमा भने चलचित्र नोभेम्बर १२ मा नै प्रदर्शन गरिनेछ ।

चलचित्रको निर्माण पक्षले ट्विटरमा फोटो राख्दै कोरोना भाइरसको कारणले गर्दा चलचित्र नोभेम्बरमा सारिएको बताएको छ ।

प्रस्तुत चलचित्र जेम्स बोन्डको भूमिकामा देखिएका ड्यानियल क्रेगको अन्तिम चलचित्र हो । नो टाइम टु डाइसहित उनले जेम्स बोन्ड सिरिजको पाँच चलचित्रमा काम गरिसकेका छन् । प्रस्तुत चलचित्रमा ओस्कार विजेता अभिनेता रमी मलिक खलनायकको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्