Logo

कपिलवस्तुमा ५१ वर्षीया महिलामाथि तेजाब प्रहार



Spread the love

२५ फागुन, कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । ५१ वर्षीया बेदमतीदेवी गुप्ता तेजाब प्रहारबाट घाइते भएकी छन् ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्