Logo

म्यान्चेस्टर डर्बीमा युनाइटेडको जित



Spread the love


एजेन्सी । म्यानचेस्टर डर्बीमा युनाइटेडले जित निकालेको छ ।

गए राति सम्पन्न भएको म्यान्चेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई २–० ले पराजित गरी जित निकालेको हो ।

पहिलो हाफमा घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । खेलको ३० औँ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा स्कट म्याकटोमिनेले गोल गरी युनाइटेडलाई २–० ले जिताए ।

पाहुना टोली सिटीले खाता पनि खोल्न सकेन । सिटीका अग्युइरोले गरेको गोललाई भारले अफसाइड देखाएको थियो । खेलमा जित निकालेसँगै युनाइटेडले ४५ अंक जोडी पाचौँ स्थानमा निस्किएको छ । सिटीको हारपछि लिभरपुल र सिटीबीचको दूरी २५ अंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्