Logo

मड्रिडको हार



Spread the love

एजेन्सी । गए राति सम्पन्न भएको ला लिगा फुबटल अन्तर्गतको खेलमा रियल मड्रिड कमजोर प्रतिद्धन्दि रियल बेटिससँग पराजित भएको छ । रियल मड्रिड बेटिससँग २–१ ले पराजित भएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बेटिसका डी सिल्भा जुनियरले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । सिल्भाले गोल गरेको ८ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत् गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । खेलको ८२ औँ मिनेटमा क्रिस्टियन टेल्लोले विजयी गोल गरे ।

खेलमा हार व्यहोरेसँगै रियल शीर्ष स्थानमा निस्किन सकेन । खेलमा जित निकालेको बेटिस ३३ अंकसहित तालिकाको १२ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्