Logo

जितसँगै युभेन्टस शीर्ष स्थानमा



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको सिरी ए फुटबल अन्तर्गतको खेलमा युभेन्टसले इन्टर मिलानलाई पराजित गरेको छ । युभेन्टसले मिलानलाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा दर्शकको उपस्थिति थिएन । कोरोना भाइरसको कारणले गर्दा खाली मैदानमा दुई टिम प्रतिस्पर्धा गरेका हुन् ।

पहिलो हाफमा बराबर खेलेको युभेन्टस दोस्रो हाफमा भने २ गोल गर्न सफल रह्यो । खेलको ५४ औँ मिनेटमा युभेन्टसका आरोन राम्सेले गोल गरी घरेलु टिमलाई अग्रता दिलाएका थिए । पल डिबालाले खेलको ६७ औँ मिनेटमा गोल गरी युभेन्टसलाई २–० ले जिताए । डानियल पाडिनीले ७९ औँ मिनेटमा रातो कार्ड पाएपछि इन्टर मिलान १० खेलमाडीमा सीमित भएको थियो ।

गए रातिको खेलसँगै युभेन्टसका फर्वाड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा १,००० खेल खेलेका छन् । खेलमा जित निकाली युभेन्टस ६३ अंकसहित लिगको शीर्ष स्थानमा निस्किएको छ भने हार व्यहोरेको इन्टर मिलान ५४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्