Logo

महिला क्रिकेट विकासकाे लागि महिला आईपीएल सुरू गर्नुपर्छ– गावस्कर



Spread the love

एजेन्सी । सुनिल गावस्करले महिला टी– ट्वान्टी वल्र्ड फाइनलमा अष्ट्रेलियासँग भारत पराजित भएपछि महिला प्रतिभाको खोजीको लागि महिला आईपीएलको सुरु गर्नुपर्ने बताएका छन् ।

पहिलो पटक भारत महिला टी–ट्वान्टी वल्र्डकपको फाइनलमा पुगेको थियो । जहाँ भारत अष्ट्रेलियाद्धारा ८५ रनले पराजित भएको थियो ।

गावस्करले इन्डिया टुडेसँग कुरा गर्दै भने,“म सौरभ गांगुली अनि बीसीसीआईलाई भन्न चाहन्छु कि प्रतिभाको खोजीको लागि महिला आईपीएलको सुरु गर्नुपर्छ । भारतमा प्रतिभाको कमी छैन । यो हारपछि प्रतिभाहरु सामुन्ने आउनेछन् । आठ टिम नभए पनि महिला आईपीएलको सुरु गर्न सकिन्छ । यस प्रतियोगिताबाट प्रतिभाशालीहरुलाई आफ्नो क्षमता देखाउन पाउनेछन् ।”

“बीसीसीआईले महिला क्रिकेटको निकै ख्याल गरिरहेको छ । यस कारणले पनि महिला क्रिकेटको अभिवृद्धि भएको छ । स्मृति अनि मंधानामा महिला बिग वास लिगले निकै फाइदा पुर्याएको छ जसरी आईपीएलले पनि भारतीय पुरुष क्रिकेटलाई फाइदा भएको छ,” गावस्करले थपे ।

गावस्कर पूर्व भारतीय क्रिकेट खेलाडी हुन् । उनले सन् १९७१ देखि १९८७ सम्म भारतको राष्ट्रिय टिममा रही खेलेका थिए । टेस्ट क्रिकेटको इतिहासमा उनी उत्कृष्ट ब्याटम्यान र ओपनिङ ब्याटम्यानको रुपमा चिनिन्छन् । टेस्ट रन र टेस्ट सेन्चुरीमा उनले विश्व रेकर्ड राखेका थिए । पछि उनको रेकर्ड सचिन तेन्दुल्करले तोडेका थिए । उनले राखेको रेकर्ड करिब दुई दशकसम्म कसैले तोड्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्