Logo

शंकामा रहेका ४ सय ४१ जनाको रिपोर्ट नेगेटिभ



Spread the love

काठमाडौं । नेपालमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको शंकामा गरिएका ४ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलका साथै नेपालसँग सिमानामा रहेका छिमेकी देशका ३६ नाकामा पनि हेल्थ डेस्क राखी नेपाल आउने सम्पूर्णको स्वास्थ्य जाँच भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस फैलिएको छैन तर सम्भावित खतरालाई नजर अन्दाज गर्दै व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्