Logo

कोरोनाको गलत हल्लाले लियो २७ जनाको ज्यान



Spread the love

२७ फागुन काठमाडौँ । कोरोना संक्रमण संसारभर फैलिरहेकाे छ । कोरोना भाइरस फैलियो भने गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । इरानमा रक्सीको सेवन निषेध छ भने कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छुट छ र रक्सीको सेवनको हल्लाको कारण उक्त घटना भएको हो ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्