Logo

भार्डीको २ गोलमा लेस्टर विजयी



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ । लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० को फराकिलो अन्तरले हराएको हो ।
लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा भार्डीले र बानिर्सले २–२ गोल गरे ।

खेलको ४० औँ मिनेटमा हार्भी बार्निसले गोल गरी लेस्टरलाई अग्रता दिलाएका थिए । जेमी भार्डीले ६३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरी लेस्टरको अग्रता दोब्बर गरे । खेलको ७० औँ मिनेटमा पुनः भार्डीले गोल गरी लेस्टरलाई ३–० ले अगाडि बढाए । हार्भी बार्निसले खेलको ८५ औँ मिनेटमा गोल गरी लेस्टरलाई ४–० ले जिताए ।

खेलमा जित निकालेसँगै लेस्टर सिटीले ५३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने हार व्यहोरेको एस्टन भिल्ला १९ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्