Logo

पीएसजी र बोरुसिया डर्टमण्डको खेलमा दर्शकको उपस्थित नहुने



Spread the love


एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को दोस्रो लेगमा पीएसजी र बोरुसिया डर्टमण्ड खाली रंगशालामा प्रतिस्पर्धा गर्ने भएका छन् ।


विश्वव्यापी रुपमा सन्त्रास फैलाइरहेको कोरोनाको कारणले पेरिसको प्रहरीले सोमबार खाली रंगशालामा प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई पीएसजीले स्वीकार गरेको छ ।
कोरोनाको कारणले युभेन्टस र इन्टर मिलानबीचको खेल पनि बिना दर्शक भएको थियो ।

पीएसजी र डर्टमण्डबीच भएको पहिलो लेग खेलमा पीएसजी डर्टमण्डको घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । दोस्रो लेगको खेल बुधबार राति पीएसजीको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्