Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ८२ हजार ७०० पुग्यो



Spread the love

२७ फागुन, काठमाडौ । तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यमा मंगलबार नयाँ कीर्तिमान बनेको छ । चार दिनयता स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो ।

कोरोना संक्रमणका कारण डलरको भाउ बढ्नाले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्