Logo

कोरोना भाइरसको संक्रमण: इटलीद्वारा मुलुकभर आपतकालको घोषणा



Spread the love

२७ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि इटलीले मुलुकभर आपतकालको घोषणा गरेको छ । कोरोनाको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो ।

सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।

सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाले ज्यान गुमाएका थिए । नयाँ संक्रमितको संख्यामा पनि २४ प्रतिशत बढेको छ । चीनपश्चात कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक इटली हो ।

प्रतिक्रिया दिनुहोस्