Logo

एसी मिलानद्धारा आकस्मिक सहयोग प्रयासका लागि २ लाख ५० हजार यूरो सहयोग



Spread the love

एजेन्सी । इटालीयन सिरी ए क्लब एसी मिलानले इटालीकाे तत्कालीन अवस्थालाई मध्यनजर गर्दै आकस्मिक सहयाेग प्रयासका लागि २ लाख ५० हजार यूरो दिएकाे छ ।


देशैभरी कोरोना फैलिएको कारणले गर्दा सिरी ए खेल अप्रिल ३ सम्म बन्द गरिएको छ । सोमबार नेसनल ओलम्पिक कमिटीले सिरी ए खेल अप्रिल ३ सम्म बन्द गरिने निर्णय गरेको थियो ।
इटालीमा कोरोना भाइरसको कारणले ४६३ जनाको मृत्यु भइसकेको छ भने ९,१७२ जना संक्रमित भएका छन् ।

एसी मिलानका सीईओ इभन गाजिडिसले भने, “देशको विषम परिस्थितिमा सहयोग गर्न पाउँदा आफूलाई निकै गर्व लागेको छ । स्वास्थ्य र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । मिलान क्लबमात्र होइन । यो त मानिसहरुको समुदाय हो जसले एक अर्कालाई बुझ्छन् ।”

प्रतिक्रिया दिनुहोस्