Logo

टोटेनहाम च्याम्पियन्स लिगबाट बाहिरियो



Spread the love

एजेन्सी । इङ्ग्लिस क्लब टोटेनहाम च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को दोस्रो लेगको खेलमा टोटेनहाम पराजित भएको छ । टोटेनहाम लिपजिगसँग ३–० को फराकिलो अन्तरले पराजित भएको हो ।

मार्सेल सबित्जरले खेलको १० औँ मिनेटमा गोल गरी घरेलु टोली लिपजिगलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ११ औँ मिनेटमा पुनः गोल गरी उनले लिपजिगलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ८७ औँ मिनेटमा इमिल फोर्सबर्गले गोल गरी लिपजिगलाई ३–० को फराकिलो अन्तरले जिताए ।

खेलमा जित निकालेसँगै लिपजिग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।
पहिलो लेगको खेलमा पनि टोटेनहाम १–० ले पराजित भएको थियो । यो सिजन पनि टोटेनहाम उपाधिविहीन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्