Logo

जोसिपको ४ गोलमा एटलान्टा विजयी



Spread the love


एजेन्सी ।
गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को दोस्रो लेगको खेलमा स्पेनिश क्लब भ्यालेन्सिया पराजित भएको छ । भ्यालेन्सिया इटालीयन क्लब एटलान्टासँग ४–३ ले पराजित भएको हो ।

भ्यालेन्सियाको खाली रंगशालामा भएको खेलमा जोसिप इलिसिचले खेलको तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत् गोल गरी पाहुना टोली एटलान्टालाई अग्रता दिलाएका थिए । त्यसपछि ४३ र ७१ औँ मिनेटमा गोल गरी उनले ह्याट्रिक पुरा गरे । इलिसिचले खेलको ८२ औँ मिनेटमा पुुनः गोल गरे । अन्तिम ७ खेलमा इलिसिचले २८ गोल गरिसकेका छन् ।


घरेलु टोलीका केभिन गामिरोले २ गोल अनि फेरान टोरेसले १ गोल गरे ।

पहिलो लेगमा एट्लान्टा ४–१ ले विजयी भएको थियो । एटलान्टा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्