Logo

च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल



Spread the love


एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को दोस्रो लेगको खेलमा स्पेनिश क्लब एट्लेटिको मड्रिडसँग ३–२ ले पराजित भइ लिभरपुल प्रतियोगिताबाट बाहिरिएको छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा जर्जियानो विजनाल्डमले ४३ औँ मिनेटमा गोल गरी लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफसम्म कुनै पनि टिमले गोल नगर्दा दुबै टोलीको गोल समग्रमा १–१ हुन पुगेको थियो । त्यसपछि थपिएको ३० मिनेटमा ४ गोल भए ।

खेलको ९४ औँ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गरी लिभरपुललाई २–० को अग्रता दिलाए । फिर्मिन्होले गरेको गोलको ३ मिनेटमै एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गरी खेललाई २–१ मा ल्याए । खेलको १०५ औँ मिनेटमा लोरेन्टले पुनः गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गरी एट्लेटिकोलाई ३–२ ले विजयी गराए ।

खेलमा जित निकालेसँगै एट्लेटिको क्वार्टरफाइनलमा पुगेको छ । पहिलो लेगमा लिभरपुल एट्लेटिको मड्रिडसँग उसैको घरेलु मैदानमा १–० ले पराजित भएको थियो । लिभरपुलले धेरै मौका पाए पनि सदुपयोग गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्