Logo

पीएसजी क्वार्टरफाइनलमा



Spread the love

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।

गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को दोस्रो लेगको खेलमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

खेल पीएसजीकाे खाली रंगशालामा भएकाे थियाे ।

पीएसजीका लागि नेयमार र जुआन बर्नाटले एक–एक गाेल गरे ।

दोस्रो हाफमा कुनै पनि टिमबाट गोल हुन सकेन । खेलको ८९ औ मिनेटमा इम्री क्यानले रातो कार्ड पाएपछि डर्टमण्ड १० खेलाडीमा सीमित भएको थियो ।

पीएसजीले समग्रमा ३–२ को जित हासिल गरी क्वार्टरफाइनलमा पुगेको छ । पीएसजी पहिलो लेगमा २–१ ले डर्टमण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्