Logo

टम ह्याङ्क र उनकी श्रीमतीमा कोरोना संक्रमण



Spread the love


एजेन्सी । ओस्कार विजेता हलिउडका अभिनेता टम ह्याङ्क र उनकी श्रीमती रिता विल्सन कोरोनाबाट संक्रमित भएका छन् । टम ह्याङ्क र रिता विल्सन कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रेटी हुन् ।

६३ वर्षीय अभिनेता टम ह्याङ्कले ट्वीटरमा कोरोनाको परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

टम ह्याङ्क र रिता विल्सनभन्दा पहिला ज्याकी चान पनि कोरोना भाइरसबाट संक्रमित भएको बताइएको भए पनि उक्त समाचार झुटो साबित भएको छ । ज्याकी चानले फेसबुकमा मलाय धेरै साथीहरुले मेसेज गरेका छन् । म ठिक छु भन्दै जानकारी गराएका थिए ।


टम ह्याङ्कले सन् १९९४ मा रिलिज भएको चलचित्र फरेस्ट गम्पबाट उत्कृष्ट अभिनेताको विधामा ओस्कार अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्