Logo

रोनाल्डो पनि क्वारेन्टाइनमा



Spread the love


एजेन्सी ।
पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसको कारण पोर्चुगलको मडेरियामा क्वारेन्टाइनमा बसेको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

युभेन्टसका डिफेन्डर डानियल रुगानी कोरोनाबाट संक्रमित भएपछि रोनाल्डो मडेरियामा बस्ने भएका छन् । युभेन्टसले पनि क्रिस्टियानो रोनाल्डो केही समयको लागि टुरिन नफर्किने जनाएको छ ।
मार्च ९ मा क्रिस्टियानो रोनाल्डो आफ्नो आमालाई भेट्न गएका थिए ।

कोरोनाको कारणले गर्दा युभेन्टस र इन्टर मिलानको खेल बन्द रंगशालामा भएको थियो । इटालीको नेसनल ओलम्पिक कमिटीले अप्रिल ३ सम्म सिरी ए खेलहरु नहुने बताएको छ ।

रोनाल्डोलाई क्लबले तीन दिनको छुट्टी दिएको थियो तर उक्त छुट्टी अनिश्चित समयको लागि लम्बिएको छ ।

राेनाल्डाे सन् २०१८ काे जुलाइमा रियल मड्रिड छाडी इटालीयन क्लब युभेन्टसमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्