Logo

यूरोपा लिगमा युनाइटेडको शानदार जित



Spread the love


एजेन्सी । यूरोपा लिगमा म्यान्चेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।


गए राति सम्पन्न भएको यूरोपा लिग फुटबलको अन्तिम–१६ को पहिलो लेगमा युनाइटेडले अष्ट्रियाको क्लब लास्कलाई ५–० ले पराजित गरेको छ ।

खेल लास्कको घरेलु मैदानमा भएको थियो । पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा भने ४ गोल गरेको थियो ।

खेलको २८ औँ मिनेटमा ओडिअन इघालोले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए । इघालोले युनाइटेडको लागि सुरुवाती ३ खेलमा ४ गोल गरिसकेका छन् । इघालोले डानियल जेम्सले खेलको ५८ औँ मिनेटमा गोल गरी युनाइटेडको अग्रतालाई दोब्बर पारे । त्यसपछि जुआन माटा, ग्रीनवुड र परेराले गोल गरी युनाइटेडलाई शानदार जित हासिल गराए ।

प्रतिक्रिया दिनुहोस्