Logo

माओवादी मन्त्री बर्खास्त गरे चुप लागेर नबस्ने एमाले उपाध्यक्ष रावलको चेतावनी



Spread the love

अछाम। नेपालका वामपन्थीहरु एकजुट भएको हुँदा नेपाली काँग्रेसलाई अनिष्ट हुन लागेको देखेर देशमा अनिष्ट हुन लागेको भन्ने भ्रम जनतामा फैलाउन लागेको नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले बताउनु भएको छ ।
शुक्रवार अगुवा नेताहरुलाई वाम एकताका वारेमा प्रशिक्षण दिन अछाम पुग्नु भएका एमाले उपाध्यक्ष रावलले संविधानको पुर्ण कार्यन्वयनका लागी र लोकतन्त्रको रक्षा तथा देशको अश्तिित्व जोगाउन वामपन्थीहरुको एकता आवश्यक भएको वताउनु भएको हा । रावलले नेपाली काँग्रसले सरकारको आडमा देशको स्रोत साधन र प्रहरी प्रशासनको गलत प्रयोग गरिरहेको आरोप समेत लगाउनु भयो ।
नेता रावलले नेपाली वामपन्थीहरुको एकताले देशमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने र आफ्नो अस्तित्व खतरामा पर्ने देखेर काँग्रेसले जनतालाई भ्रम फैलाएर बाम एकताले लोकतन्त्र खतरामा पर्ने झुटा कुप्रचार गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल मिलेर चुनावमा जाँदा स्पष्ट बहुमता आउने र ५ वर्ष सम्म सरकार संचालन गरी देशलाई विकास गर्न महत्वपुर्ण योगदान पुग्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनु भयो । उपाध्यक्ष रावलले देउवा सरकारले निर्वाचनमा धक्का पुग्नेगरी काम गरिरहेको भन्दै यस्ता गतिविधिलाई तत्काल रोक्न समेत आग्रह गर्दै निर्वाचन आयोगले आचारसंहिता उलंघनका विषयमा पटक पटक सजग गराउँदा पनी प्रधानमन्त्रिले आयोगलाई नटेरेको र प्रधानमन्त्री देउवाले केही दिन बाँकी रहेको संसद विघठन गरेमा आफुपनि प्रधानमन्त्री नरहने भनाइ राख्नु भयो ।
‘प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति मन्त्री हुन नपाउने व्यवस्था संसद नभएमा देउवा कसरी प्रधानमन्त्री रहिरन्छन् ।’ रावलको प्रश्न थियो । उनले बाम एकताप्रति कांग्रेसको भनाइहरुलाई प्रतिवाद गर्दै देशमा नभइ कांग्रेसमा अनिष्ठ आएको कटाक्ष गरे । तोकिएको समय मंसिरमै चुनाव सकिएपछि दुई तिहाइ सहितको बहुमत आउने र समाजवादमा देश अघि बढ्ने भनाइ राखे । बाम एकताले देशलाई समाजवादबाट समृद्ध बनाउने बाटोबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो । बाम एकताको प्रयास तत्काल नभइ १० बर्षअघिबाट शुरु भइ कसैको सहयोग विना भएको भनाइ थियो । तल्लो तहसम्म मिल्न निर्देशन जिल्लामा रहेका केही अगुवा नेताहरुको अनौपचारिक बैठकमा उपाध्यक्ष रावलले नेकपा माओवादीका कार्यकर्तासंग सौहाद्र र मैत्रीपुर्ण व्यवहार गर्न निर्देशन दिए । उपाध्यक्ष रावलले माओवादीका सबै साथीहरुसंग राम्रो सम्बन्ध स्थापित गर्न निर्देशन दिनुभएका एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिए । उपाध्यक्ष रावलले भने कसैका मन नमिलेका हुनसक्छन्, भेट, अन्र्तक्रिया, मैत्रीपुर्ण व्यवहारबाट अझ नजिक सम्बन्ध बनाउन भन्नुभएको सचिव बोगटीको भनाइ छ । एकताले सबै क्रियाशिल कार्यकर्ताहरु समेटेर लैजाने भन्दै सबैको ध्यान निर्वाचनतिर केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ । उपाध्यक्ष रावल आफ्नो निर्वाचन क्षेत्र विकास र पुर्वाधार कार्यक्रमको योजना र रकम बाँडफाँडाका लागि अछाम पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्