Logo

तीन दिनमै ११ लाख थान माक्स बरामद



Spread the love

३ चैत्र, काठमाडौं। नेपाल प्रहरीले माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा तीन दिनमै छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवीबाट करिब ८ लाख ४९ हजार ६ सय थान सर्जिकल माक्स बरामद भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ महानगरीय प्रहरी बृत्त थानकोट प्रभाग बलम्वुको संयुक्त प्रहरी टोलीले विष्णुदेवी–१० मा रहेको रोहित श्रेष्ठको घरको गोदाममा छापा मारेको थियो । प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान माक्स बरामद गरेको थियो ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार माक्स सहित केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिकाका सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने सुवास महेश्वरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्