Logo

बरामद १० लाख बढी मास्क सार्वजनिक स्वास्थ्य संस्थाबाट वितरण गरिने



Spread the love

काठमाडौँ । कालोबजारीबाट प्रहरीले बरामद गरेका १० लाख बढी मास्क सार्वजनिक संस्थाबाट वितरण गर्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ। महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई पत्र पठाउँदै कालोबजारीबाट बरामद भएका मास्कलाई स्वास्थ्य सेवा जस्ता सार्वजनिक संस्थाको माध्यमबाट वितरण गर्न निर्देशन दिएका हुन्।

ती मास्क बजारकै मूल्यमा वितरण गर्न र सोबाट प्राप्त रकम धरौटी खातामा जम्मा गराउनसमेत निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्