Logo

ढल्को



Spread the love

balaram timalsina biplab

ग्वेवल्स हतास हुँदो हो यी अवतार देखेर !

उसलाई थचक्कै बसाउँने समाचार देखेर !!

 

म अचम्मित छु हिजो आज अलि बढी नै !

सुनलाई सुनजस्तै चिजको प्रहार देखेर !!

 

मेरा बा खित्का छोडेर हॉस्दै हुनुहुन्थ्यो !

वंशज भ्रष्टचारीको त्यो सदाचार देखेर !!

 

तपाई चॉहि के सोच्दै हुनुहुन्छ प्रिय मित्र ?

समयले कोच्याएको यो पुरस्कार देखेर !

प्रतिक्रिया दिनुहोस्