Logo

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि काभ्रेको पनौती तनावमा, अनिश्चितकालीन कर्फ्यु जारी



Spread the love

४ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती बजारमा अर्को आदेश नआएसम्मको लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाएको छ। सोमबार साँझ टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरको ठक्करबाट खानीखोला गाउँपालिका- १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो।

घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेको थियो । त्यसक्रममा गोलीसमेत चलेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्