Logo

मलेसियाले १३ दिनको लागि सार्वजनिक गतिविधि बन्द गर्ने



Spread the love

एजेन्सी । मलेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले बुधबारदेखि मार्च ३१ सम्म सार्वजनिक गतिविधि बन्द गर्ने घोषणा गरेकाे विदेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

अत्यावश्यक उपभोग्य वस्तु पाइने ठाउँ सुपरमार्केट, फुडस्टोर र औषधि पसलहरु बाहेक अन्य विद्यालय, व्यवसाय, यात्रा, गोष्ठी, भेला लगायतका सार्वजनिक गतिविधि १३ दिनको लागि बन्द गर्ने जनाएको छ ।

कोरोनाको जोखिम कम गर्नको लागि यस्तो कदम उठाउन परेको प्रधानमन्त्रीले बताएका छन् । मलेसियाले विदेश जान र आउनलाई पनि प्रतिबन्ध गरेको छ । विभिन्न देशबाट मलेसियामा आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

मलेसियामा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ५६६ जना पुगेका छन् भने ४२ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्