Logo

कोरोनाको त्रासमा बीसीसीआई, कर्मचारीलाई घरैमा बसेर काम गर्न आदेश



Spread the love


एजेन्सी । बीसीसीआइले कर्मचारीहरुलाई घरमै बसेर काम गर्न आदेश दिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मंगलबार कर्मचारीहरुलाई घरमै बसेर काम गर्नको लागि आदेश दिएको हो ।

कोरोनाको कारण खेलहरु पनि स्थगित भएका छन् । फुटबल, क्रिकेटदेखि अरु खेलमा पनि यसको असर परेको छ ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले विश्वभर १८२,४०७ जना संक्रमित भइसकेको छ भने ७,१५४ जनाको मृत्यु भइसकेको छ । भारतमा पनि संक्रमित हुनेहरुको सङ्ख्या १२८ पुगेको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्