Logo

हलिउडका अभिनेता इड्रिस इल्बा कोरोना संक्रमित



Spread the love


एजेन्सी ।
हलिउडका अभिनेता इड्रिस इल्बा कोरोनाबाट संक्रमित भएका छन् ।

सोमबार ट्वीट गर्दै इल्बाले कोरोना संक्रमित भएको घोषणा गरेका थिए ।

इल्बाले ट्वीट गर्दै,“ कोरोनाको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । म ठीक छु, ममा कुनै लक्षण देखिएका छैनन् तर म आइसोलेसनमा बसेको छु ।”

ग्लोबल अवार्ड विजेता इल्बाले शुक्रबार भाइरसबाट संक्रमित भएको मानिससँग सम्पर्क भएपछि उनले चेकजाँच गरेका थिए ।

यसभन्दा अघि हलिउडका चर्चित अभिनेता टम ह्याङ्क अनि उनकी श्रीमती रिता विल्सन, चर्चित सिरिज गेम अफ थ्रोन्सका कलाकार क्रिस्टोफर हिभ्जु र ओल्गे कुरेलेन्को कोरोनाबाट संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्