Logo

टम र उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज



Spread the love


एजेन्सी । ओस्कार विजेता हलिउडका अभिनेता टम ह्याङ्क र उनकी श्रीमती रिता विल्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मार्च १३ मा टम ह्याङ्कले ट्वीट गर्दै आफू र उनकी श्रीमती कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए । टम ह्याङ्क र उनकी श्रीमती अष्ट्रेलियामा छँदा उनीहरुमा कोरोना संक्रमण भएको थियो । अष्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ ।

टम ह्याङ्क र रिता विल्सन ठीक हुँदा यता हलिउडका अर्का अभिनेता इड्रिस इल्बा, चर्चित सिरिज गेम अफ थ्रोन्सका कलाकार क्रिस्टोफर हिभ्जु र ओल्गे कुरेलेन्को पनि कोरोनाबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्