Logo

चीनको सहयोगी स्वभाब – आवश्यक परे मास्क र मेडिकल टोलि पठाउन तयार



Spread the love

४ चैत, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित भएको छिमेकी चीनले नेपाललाई आवश्यक परे सबै सहयोग गर्न तयार रहेको बताएको छ । चिनियाँ दूतावासमार्फत नेपाल सरकारलाई चीनले के-के सहयोग आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्रीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोनाबाट बचाउन चीनले आवश्यक परेको जति सहयोग गर्ने बताएका थिए । यस अघि चीनलाई नेपालले १ लाख थाम मास्क पठाएर सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्