Logo

४३ वर्षकी महिलाले लगाइन् कोरोना भाइरसविरुद्धको पहिलो परीक्षण भ्याक्सिन



Spread the love

एजेन्सी । अमेरिकाका वैज्ञानिकहरूले सोमबार कोरोना भाइरसविरुद्ध परिक्षण गर्न बनाइएको भ्याक्सिनको प्रयोग गरेका छन् । अमेरिकाको सियटलमा ४३ वर्षीय महिलामा पहिलो पटक कोरोना विरुद्ध भ्याक्सिन दिइ अनुसन्धान सुरू गरिएकाे छ ।


सियटलको अनुसन्धान केन्द्रमा एक चिकित्सकले कोरोना विरुद्धको भ्याक्सिन दिएका हुन् । गत सालको डिसेम्बरमा चीनमा कोरोनाको संक्रमण देखिए पछि केपीडब्ल्यू अनुसन्धान इन्सिच्युटमा वैज्ञानिकहरु भ्याक्सिन बनाउन लागि परेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिन बनेकाले आफ्नो देशका डाक्टरहरुको तारिफ गरेका छन् । ट्रम्पले भ्याक्सिनको ट्रायल सुरु भइसकेको र अब अमेरिकाले कोरोनाविरुद्ध अरु तयारी पनि गर्ने बताएका छन् ।

कोरोना भाइरसबाट विश्वभर गरी ७००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोना भाइरस विश्वका १६२ देशमा फैलिसकेको छ तर वैज्ञानिकहरुले यसका उपचार पत्ता लगाउन सकेका छैनन् ।

कोभिड–१९ विरुद्धको पहिलो भ्याक्सिन जेनिफर हेलरलाई लगाइएको छ ।
जेनिफर हेलरले भनिन्,“हामी सबैले असुरक्षित महसुस गरिरहेका थियौँ । अब यसबाट मुक्ति पाउन मसँग अब अवसर छ । ४३ वर्षीय जेनिफर दुई बच्चाकी आमा हुन् ।

वैज्ञानिकहरु भ्याक्सिनको असरको बारेमा अध्ययन गरिरहेका छन् । अब वैज्ञानिकहरुलाई यो प्रमाणित गर्नु छ कि यो भ्याक्सिन सुरक्षित अनि सफलतापूर्वक संक्रमणलाई रोक्नेछ ।

यो परीक्षण सफल भए पनि बजारमा भ्याक्सिन आउन १२ देखि १८ महिनासम्म लाग्नेछ किनभने यस भ्याक्सिनको असरलाई बुझ्न धेरै महिना लाग्नेछ । यस भ्याक्सिनको परीक्षणको लागि १८ देखि ४५ वर्षसम्मका स्वस्थ मानिस छानिएको छ । यी मानिसहरुमा ६ सातासम्म भ्याक्सिनको असरको अध्ययन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्