Logo

राजपाले चुनाव लड्ने ३० नेता छान्यो



Spread the love

लोकतान्त्रिक गबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधिसभा(संघीय संस्द) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूचि तयार पारेको छ ।

सूची तय गरिएपनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरुले बताएका छन् । यसका लागि बिहीबार फोरम नेपालसँग राजपाले छलफल गर्नेछ । सोमबार,मंगलबार र बुधबार राजपा अध्यक्षमण्डलका सदस्यहरुले बैठक गरी पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय गरेका हुन ।आजको नगरिकमा खबर छापिएको छ ।

राजपा प्रवक्ता सन्तोष मेहताले पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय भएको जानकारी दिँदै फोरम नेपालसँगको बैठकपछि टुंगोमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्